गुरुङ गहना घरकी सञ्चालिका सिमा गुरुङ व्यवसायसँगै समाजसेवामा
जन्मदिनको अवसरमा खुल्ला रक्तदान, ११४ युनिट रगत संकलन
पाेखरा | साउन २५, २०८२
पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरुङ गहना घरकी सञ्चालिका गुरुङले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेकी थिईन् ।
गुरुङले आफ्नो जन्मदिनको अवसरमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय १४ जनाले रक्तदान गरेका थिए ।

रक्तदान सँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ । ‘पाठशाला’ र ‘हिउँको गीत’ उपन्यासका लेखक गुरुङलाई नगद रु २० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
उनलाई प्रदेश सांसदहरु पञ्चराम गुरुङ, सरस्वती गुरुङ, गुरुङ गहना घर प्रालिका सञ्चालक सीमा गुरुङ, प्रबन्ध निर्देशक नेल्सन गुरुङ, तमु तमुधि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सञ्चारकर्मी बालकासी गुरुङ लगायतले नगद, कदरपत्र, दोसल्ला प्रदान गरेका हुन् ।
कार्यक्रममा सञ्चालक सीमा गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम आयोजना गरेको बताईन् ।
आर्थिक अप्ठ्याराहरुका बाबजुद पनि अर्थ बजारमा योगदान दिन र आत्मनिर्भर बन्नका लागि सुनचाँदी व्यवसायमा लागेको बताउँदै त्यसमा अहिले सरकारले विलासिता कर र मुल्य अभिवृद्धि कर लगाएपछि मारमा परेको उल्लेख गरिन् ।
उनले विलासिताको नाममा थपिएको करले व्यवसायी र ग्राहक दुवैलाई नकारात्मक असर पारेको बताउँदै आफूहरु विलासीता करको विरोधमा रहेको बताईन् ।
प्रबन्ध निर्देशक नेल्सन गुरुङले गुरुङ गहना घरको नयाँ शाखा विस्तार गर्न लागेको बताए । नयाँ शाखाको असोज ६ गते घटस्थापनाको दिन शुभारम्भ गरिने जनाउँदै सो दिन सहभागी भैदिन आग्रह गरे । युवाहरुको विदेश पलायन बढिरहँदा आफूले स्वदेशमै केही गर्ने हुटहुटीसहित व्यवसाय सम्हाल्दै आएको बताए ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

